Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड

    भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 750
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

    बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता दोहोर्‍याएका हुन् ।



    उनले भष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताए । उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ । हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’



    प्रेस सेन्टरले आज बिहान समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार