Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

किन आउँदै छन् प्रधानमन्त्री प्रचण्ड आज दाङ ?

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ आउने भएका छन् ।

बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड सहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई सहितको टोली दाङ आउन लागेको हो ।

विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री दाहालको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षान्त मन्तव्य दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077