Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी चार प्रदेशमा मध्यम वर्षा, तराईमा गर्मी यथावत्

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको तराई क्षेत्रमा भने गर्मी कायमै रहने महाशाखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077