Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला हत्याको आरोपमा चितवनबाट मण्डल पक्राउ

धनुषा। धनुषा प्रहरीले महिलाको हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका-१८ घर भई जनकपुरमा घर बनाउने मिस्त्री काम गर्ने २२ वर्षका ओमलाल मण्डल रहेका छन् ।

मण्डलले धनुषाको मिथिलाबिहारी नगरपालिका-८ तारापट्टीकीका ४२ वर्षीया उषा दासको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मण्डललाई चितवनबाट पक्राउ गरी ल्याएर मंगलबार सार्वजनिक गरेको हो ।

२८ जेठको साँझमा प्रहरीले उषाको शव उनकै घर नजिकैको पोखरीको डिलबाट बरामद गरेको थियो ।

धनुषा प्रहरीका अनुसार मण्डललाई हिरासतमा राखेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077