Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदै छ ।

बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि कारबाहीको माग गरिएको छ ।

द्वन्द्वकालीन घटनासँग जोडिएर प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077