Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जनकपुरबाट काठमाडौं उड्न लागेको विमानमा यात्रुले धुवाँ देखेपछि...

जनकपुरधाम । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा धुँवा देखिएको छ ।

यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा धुँवा देखिएको हो ।

विमानमा धुँवा देखिएसँगै उडान रद्द गरिएको छ । दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

प्राविधिक टिमले विमानभित्र खराबी रहे वा नरहेको हेरिरहेको बताइएको छ । विमानस्थल स्रोतका अनुसार अर्को विमानबाट यात्रीहरुलाई काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077