Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल आयल निगमको इन्धन ट्यांकरबाट चोरी, चालक र सहचालक पक्राउ

भैरहवा । नेपाल आयल निगमको इन्धन (डिजेल) ट्यांकरबाट चोरी गर्दागर्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको महाराजगंज जिल्ला नौतनवाका २८ वर्षीय मोहम्मद महिम र सहचालक सोही स्थानका २२ वर्षीय रविन्द्र गौतम रहेका छन् ।

भारतबाट आयात गरिएको इन्धन चोरी गरिएको लु २ ख ७३७ नम्बरको ट्यांकर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-२ तेनुहवास्थित यादव आयल फिलिङ सेन्टरको पछाडि खाली चौरमा ट्यांकरबाट आयल निगमको इन्धन चोरी गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय भैरहवाले आरोपीहरू र ट्यांकर नियन्त्रणमा लिएको थियो ।

उनीहरु ट्यांकरको च्याम्बरमा लगाइएको सिल लिभर, जग लगायतको साम्रगी सहायताले तोडेर इन्धन चोरी गरिहेका थिए । चोरीका लागि प्रयोग भएका तीन वटा खाली बाल्टिन, दुई वटा ग्यालेन, प्लाष्टिकको पाइप, सोली, लिभर, जग लगायतका साम्रगी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ट्यांकरबाट चोरी गरिएको करिब एक सय लिटर डिजेल पनि दुई वटा ग्यालेनमा बरामद भएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077