Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नीति तथा कार्यक्रम एकातिर, बजेट अर्कैतिर फर्केर आयो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच मेल नखाएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८००८१ को बजेटमाथि छलफलमा भाग लिदै सांसद पौडेलले यस्तो बताएका हुन् ।

सांसद पौडेलले बजेका सिद्धान्त, प्राथमिकता, नीति र कार्यक्रमको बीचमा कुनै पनि प्रकारको संगति र तदरुपकता नदेखिएको बताए।

सांसद पौडेलले भने,'नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कोतिर र बजेट अझै अर्कोतिर फर्केर आएको छ। यिनीहरूबीचमा कुनै तादम्मेता छैन । सिद्धान्त र प्राथमिकता ,नीति तथा कार्यक्रम र बजेट एकअर्कासँग अन्तर सम्बन्धित हुनुपर्ने हो।'

खर्च कटौतीका नाममा देशका लागि अत्यावश्यक दुग्ध विकास संस्थानजस्ता संस्थाहरू खारेज गरेर बोल्नका लागिमात्र मितव्ययी देखिन खोजेको पौडेलको दाबी छ ।

नीति तथा कार्यक्रममा उल्लेख गरिएका कयौं कार्यक्रम र योजनालाई बजेटले वेवास्था गरेको उनको भनाइ छ। उनले कतिपय योजनाहरूको कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा तिनका बारेमा स्मरण समेत नगरिएको भन्दै आपत्ती जनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077