Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले गरे पशुपतिनाथको दर्शन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ उनी गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर फर्किएका हुन् ।

उनले त्यहाँ आरती पनि अवलोकन गरे । परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणबाट फर्किएका थिए । उनले भारतको उज्जैनस्थित मन्दीरमा पुजा समेत गरेका थिए ।

गैरू वस्त्र लगाएर पुजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077