Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरी हिरासत फोडेर भागेका थुनुवा पुनः पक्राउ

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् ।

शनिबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादवलाई क्राउ गरेको हो ।

योसँगै इप्रका महेन्द्रनगरको हिरासत कक्षबाट फरार रहेका ६ जना नै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये यसअघि ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको थियो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077