Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुर्खेतका व्यवसायी भद्र भण्डारी होटलमा गाडी र मोबाइल छाडेर सम्पर्कविहीन

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारी पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।

न्यू बुलबुले अटो सेल्सका सञ्चालकसमेत रहेका भण्डारीले प्रयोग गर्दै आएको बा १८ च ९८७५ नम्बरको गाडी भने ईलाका प्रहरी कार्यालय कर्णाली चिसापानीको नियन्त्रणमा छ ।

भण्डारीले प्रयोग गर्दै आएको उक्त गाडी बिहीबार कर्णाली चिसापानीस्थित सिद्वार्थ होटेलमा बेबारिसे अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । गाडीमा मोवाइल, गाडीको चाबीलगायतका सामानहरू भेटिएका छन् ।

जेठ २२ गते टीकापुर गएर बसेको र २३ गतेदेखि सम्पर्कविहीन भएका भण्डारी सम्पर्कविहीन हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077