Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लापसे गरी मोटरसाइकल चलाउने पाँचजना चालक ट्राफिक प्रहरीको फन्दामा

काठमाडौं । लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँचजना चालक पक्राउ परेका छन् ।

ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा लापसे गरेका उनीहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र मोरङको विराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्कालाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलिले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077