Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले परित्याग गरि रविकिरण हमाल राप्रपामा प्रवेश

काठमाडौं । रविकिरण हमाल एमालेमा आबद्ध भएको ८ महिनापछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेता धवलशमशेर राणालगायतले हमाललाई पार्टी प्रवेश गराएका हुन् ।

अहिलेको राजनीतिक दलको औचित्य समाप्त भएको ठम्याइसहित गठित युवा पुनर्जागरण पार्टीका पूर्वमहामन्त्री हमाल प्रतिनिधिसभा निर्वाचनअगाडि गत असोजमा मात्रै एमाले प्रवेश गरेका थिए ।

त्यसको ८ महिना नपुग्दै हमाल पुनः सो दल त्याग गरेर दक्षिणपन्थी दल भनिने राप्रपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077