काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ।
शुक्रबार बिहान ११:३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने तय भएको हो।
बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ।
हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ।