Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • मसालको निष्कर्ष – प्रचण्डको भारत भ्रमण उपलब्धिहीन, कालापानी सट्टापट्टा गर्न खोजेको आशंका

    मसालको निष्कर्ष – प्रचण्डको भारत भ्रमण उपलब्धिहीन, कालापानी सट्टापट्टा गर्न खोजेको आशंका

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण उपलब्धिहीन भएको नेकपा मसालले ठहर गरेको छ । मसालको यही जेठ २३ र २४ गते बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

    महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले भारत भ्रमणका सन्दर्भमा देशहितका कुनै पनि विषयमा पहलकदमी लिन नसकेको जनाए । अतिक्रमित कालापानी क्षेत्रलाई भारतसँग सट्टापट्टा गर्न खोजेको आशंका गर्दै मसालले कालापानीलाई सौदाबाजीको विषय बनाउने कुरालाई खारेज गरेको छ।



    भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनबारे ठोस पहल गर्न नसकेको, हवाई रुटको ठोस पहल नभएको, लुम्बिनी र कपिलवस्तु समेटिएको नक्साबारे अडान राख्न नसकेको तथा कतिपय देशहित विपरितका सन्धी सम्झौता गरेको भन्दै प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिविहीन भएको मसालले ठहर गरेको छ।



    महामन्त्री सिंहद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रचण्ड सरकारसँग कैयौँ गम्भीर मतभेद भएपनि गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा लिएको अडानप्रति भने समर्थन जनाइएको छ।

    यस्तै, मसालले देश आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको भन्दै यसको दोष संघीय संरचना भएको ठहरसहित संघीयता खारेजीमा जोड दिएको छ। यस्तै वास्तवमा भारतले दशकौँदेखि नेपालप्रति हस्तक्षेप र अतिक्रमणको नीति अपनाउँदै आएको छ र अहिले नेपालका प्रधानमन्त्रीको भारत यात्राका बेलामा पनि भारतीय प्रधानमन्त्रीको त्यही प्रकारको व्यवहार प्रकट भएको मसालले भनेको छ ।

    भारतको नेपालप्रतिको त्यस प्रकारको साम्राज्यवादी व्यवहारमाथि समग्र रूपमा ध्यान दिँदै एकातिर, कालापानी सहितका प्रश्नहरूबारे अन्तर्राष्ट्रियकरण गर्ने र, अर्कातिर, नेपालमा राष्ट्रियताका पक्षमा व्यापक जनचेतना र जनआन्दोलन उठाउन पर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ, जारी वक्तव्यमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार