Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्याङ्जामा जिसस अधिकारी चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

स्याङ्जा । स्याङ्जामा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शिरुवारीबाट सदरमुकाम फर्कँदै गरेको बा१झ ५८७८ नम्बरको गाडी बुधबार साँझ दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चालक वालिङ नगरपालिका–४ का अमृत खनाल रहेका छन् ।

यस्तै दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पौडेल, अम्बिका पौडेल र टीकाराम पौडेल घाइतेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077