Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ, एमालेमा जान्छु भन्नु ठिक : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।

उनले भने,'उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

अध्यक्ष ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताए । आजै गौतमले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077