Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डसँग स्विस राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा नेपाल र स्वीट्जरल्याण्डको आपसी सम्बन्ध र द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

यस्तै प्रधानमन्त्री दाहालसँग परमाणु परीक्षण प्रतिबन्ध सन्धिका एक्जुकेटिभ सेक्रेटरी रोबर्ट प्लोयर्डले पनि आजै शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077