Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

७० वर्षे उमेरहद हटाउने एमालेको निर्णय, ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुल्यो

काठमाडौं । नेकपा एमालेले कार्यकारी कमिटीमा लगाएको ७० वर्षे उमेर हद हटाएको छ । काठमाडौंमा भएको नवौँ महाधिवेशनबाट नेताहरुको उमेर हद ७० वर्ष राखिएको थियो ।

एमालेको जेठ १९ गते बसेको सचिवालय बैठकले सो उमेर हद हटाउने निर्णय गरेको हो । एमालेको विधानको धारा ६४ मा सबै तहको कार्यकारी कमिटीको पदाधिकारी सदस्यमा निर्वाचित मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था छ ।

यो व्यवस्था कार्यान्वयनमा आए अध्यक्ष केपी शर्मा ओली फेरि एमालेको अध्यक्ष उठ्ने ढोका खुल्नेछ । अहिले पालिका, जिल्ला र प्रदेशका इन्चार्जहरुको व्यापक फेरबदल गर्दा ओलीले आफूअनुकूल हुनेगरी चयन गरेका छन् ।

त्यस्तै, ७० वर्ष पूरा नहुँदै निर्वाचित वा मनोनीत भएको व्यक्तिले अर्को महाधिवेशन अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनीत पदमा रही जिम्मेवारी बहन गर्न बाधा नपुग्ने प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077