Online Nepal
  • मंगलबार, २७ फाल्गुन २०८१
  • कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • मंगलबार, २३ जेष्ठ २०८०
  • 732
    SHARES

    विराटनगर । नेकपा माओवादी केन्द्रका तर्फबाट कोशी प्रदेश सरकारमा मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा र दिएका छन्।

    भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन्।



    मंगलबार माओवादीको प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।

    उनीहरू गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । मंगलबार प्रदेश पदाधिकारी र संसदीय दलको बैठकले माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट पनि मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार