Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रेशमलाई खादासहित स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई डिएसपी भाटले दिए धम्की

कैलाली । इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले रेशम चौधरीलाई माला लगाएर स्वागत गरेको भिडियो खिच्ने पत्रकारलाई धम्की दिएका छन् ।

रेशम चौधरी जेलमुक्त भएको खुसीयालीमा स्वागत गर्न पुगेका डिएसपी भाटले भिडियो खिच्ने पत्रकार जीवन चौधरीलाई कार्यालयमै बोलाएर धम्की हुन् ।

राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका चौधरीलाई दौडिँदै गएर डीएसपी भाटले स्वागत गरेको भिडिओ सामाजिक संञ्जालमा भाइरल भएको थियो ।

रेशम गाडीबाट उर्लिने क्रममा हतार हतार गरेर खादा लिएर सार्वजनिक कार्यक्रमै बधाई दिएपछि उनी विवादमा तानिएका थिए ।

उनको चर्को आलोचना भएको थियो । प्रहरीका उच्च अधिकारीलाई हत्या गरेको आरोप लागेका रेशमलाई नै डिएसपी भाट खादासहित स्वागत गर्न पुगेको भिडिओसमेत भाईरल छ ।

त्यसपछि डीएसपी भाटलाई कारबाही गरी नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिएको थियो । आफ्नो सरुवा हुनअघि नै उक्त भिडिओ खिच्ने पत्रकार चौधरीलाई टीकापुर इलाका प्रहरी कार्यालयमा बोलाएर डीएसपी भाटले धम्की दिएका थिए ।

डीएसपी भाटले आफ्नो बदनाम हुने गरी भिडियो खिचेको भन्दै पत्रकार चौधरीलाई कार्यालयमै बोलाएर तथानाम गालीगलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077