Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

काठमाडौं । खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि गएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सुर्खेत पुगेका छन् ।

खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुर्खेत पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड अहिले सडक दुर्घटनामा ज्यान गुमाएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको श्रद्धाञ्जली सभामा सहभागी भएका छन् ।

केही दिन अघि रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डाक्टर सञ्जु खड्काको मृत्यु भएको थियो ।

खड्कासँग छोटो भेटघाट गरी उनी प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड लाग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077