Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड खप्तड प्रस्थान, राष्ट्रिय सभामा सम्बोधन गर्न नभ्याउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड प्रस्थान गरेका छन् ।

खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड केहिबेर अघि खप्तड प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड अपरान्ह तीन बजे काठमाडौं फर्किने कार्यतालिका छ । प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने कार्यसूची भए पनि नभ्याउने भएका छन् । ४ बजे मन्त्रिपरिषद बैठक बस्नेछ।

सम्मेलनमा प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दैँ आएका शिद्धबाबा कृष्णदासलगायतको उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077