Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छात्र मृत्यु प्रकरण : इलिप्स स्कुलका प्रिन्सिपल र दुईजना होस्टेल वार्डेन पक्राउ

काठमाडौं । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)का पिन्सिपल र दुईजना होस्टेल वार्डेन पक्राउ परेका छन् ।

जेठ १७ मा त्यहाँ अध्ययनरत छात्र धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ स्कुलको छात्रवासमा मृत भेटिएका थिए । सोही घटनाको अनुसन्धानका लागि प्रिन्सिपल दिर्घराज दाहाल र दुईजना होस्टल वार्डेनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पीडितका परिवारले प्रिन्सीपल र वार्डेनविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् ।

जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077