Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटसहित वीरगंजबाट दुईजना पक्राउ

पर्सा । प्रहरीले वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले महतोलाई १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नोटसहित पक्राउ गरेको थियो ।

यस्तै चितवन,भरतपुर महानगरपालिका-३ शहिदचोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारत मध्यप्रदेश घर भएका ४९ वर्षीय करतार सिंह पक्राउ परेका छन्।

भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले दिएको १ हजारको नोट नक्कली भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले सिंहको खोजी गर्ने क्रममा उक्त स्थानबाट नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077