Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेमै फर्किए एकीकृत समाजवादीका उपाध्यक्ष न्यौपाने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने नेकपा एमालेमा फर्किएका छन् ।

केही समयअघि नेकपा एसको पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति जनाउँदै राजीनामा दिएका न्यौपाने एमालेमा समाहित भएका हुन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई एमालेमा स्वागत गरेका हुन् ।

सो अवसरमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले पनि उपस्थिती थियो ।

उनी एमाले-माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य थिए।

एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077