Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सकारात्मक परिणाम आउन लागेको थियो, ईपीजीको विषय उठाएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको बताएका छन् ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

‘सकारात्मक परिणाम आउन लागिरहेको बेलामा वातावरण बिगार्नेगरी नकारात्मक धेरै कुरा गरेर नेपाललाई धेरै फाईदा छैन। अहिले तपाईहरुले भन्नु भयो नि ईपीजीको कुरा। यो हामी सबैको चासोको विषय हो,’ उनले भने, ‘अब मैले आफ्नो ढंगले कुरा नगरेको छैन। आफ्नो ढंगले कुरा गरेको छु। तर अहिले यो विषयलाई बढी उचालेर अब यो आर्थिक र दुई पक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणाममुखी वातावरण बनेको बिगार्नु उचित थिएन।’

नेपाल र भारतबीचको सन् १९५० को सन्धिलगायतका समस्या समाधानका लागि दुई देशका प्रवुद्ध व्यक्तिहरु सम्मिलित प्रवुद्ध व्यक्ति समूह (ईपीजी) बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077