Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नागरिकता विधेयक प्रमाणीकरणबारे कांग्रेसले भन्यो – राष्ट्रपतिबाट संसद् र संविधानको सम्मान भयो

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको ठहर गरेको छ ।

संसदले सबै प्रक्रिया पुरा गरेर पारित गरेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा राष्ट्रिय एकताको रक्षासमेत गरेको कांग्रेसले ठहर गरेको हो ।

शनिवार विज्ञप्ति जारी गर्दै कांग्रेस रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदको दुवै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरणबारे भइरहेको दुष्प्रचार र संविधानको अपव्याख्याप्रति आपत्ति जनाएका छन् ।

पार्टीको विज्ञप्तिमा भनिएको छ, 'संसदको दुवै सदनबाट दुईपटक पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन), २०७९ का सम्बन्धमा हाल भैरहेको दुष्प्रचार र संविधानको अपव्याख्याप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद र संविधानको सम्मान र संरक्षण गर्नुभएको छ।'

'संसदले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणीत गरी दोस्रोपटक प्रस्तुत गरेको विधेयक संविधानको धारा ११३ को उपाधार ९४० बमोजिम प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान बेवास्ता गरेर तत्कालीन राष्ट्रपतिले अलपत्रमा पारेको विधेयकलाई सोही धारा बमोजिम प्रमाणीकरण गरेर वर्तमान राष्ट्रपतिले संसदको सार्वभौमिकताको रक्षा र संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पूरा गर्नुका साथै संवैधानिक संकट टार्दै राष्ट्रिय एकताको रक्षा समेत गर्नुभएको छ,' विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति पढ्नोस्–

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077