Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - भारतीय संसद्‌ भवनमा राखिएको नक्साबारे कुरा राखेँ, बहस गरिनँ

काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको बताएका छन् ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नक्साका विषयमा कुराकानी गरेको भए पनि बहस भने नगरेको उनको भनाई छ ।

उनले भने ‘नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेँ। यति बुझ्नुहोला । उहाँहरुको भनाइ चाहिँ यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने छ। त्यही विषयमा धेरै ठूलो बहस गरेर गइएन। त्यति मात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077