Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गेरुबस्त्र धारणबारे प्रचण्डले भने - पत्नीका लागि महाकालेश्वर गएको होइन, म मनैले धर्मनिरपेक्षवादी हुँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू र आफू नेतृत्वको टोली पत्नी सीता दाहालको स्वास्थ्य लाभका लागि भारतको तीर्थस्थल महाकालेश्वर नगएको प्रस्टिकरण दिएका छन् ।

चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँगको कुराकानीमा सो प्रस्टिकरण दिएका हुन् ।

उनले आफू सो मन्दिरमा गएकोमा पक्ष विपक्षमा टिप्पणीहरु सुनेको भन्दै आफू मनैले धर्मनिरपेक्षवादी भएको बताए ।

‘धर्मनिरपेक्षवादी भएको नाताले हिन्दु, मुस्लिम, बुद्धिष्ट सबैप्रति समान दृष्टिकोण राख्नुपर्छ । उज्जैन भव्य रहेछ । हामी पनि बुद्ध सर्किट बनाउँदैछौ, धार्मिक पर्यटनको प्रयास गरिरहेका छौ । यस्तो अवस्थामा म भारत भ्रमणमा गएका बेला उज्जैन गएका हौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077