Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेका सातै उपाध्यक्षलाई विभाग संयोजन जिम्मा, कसलाई कुन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्षलाई ३२ वटा विभाग संयोजनको जिम्मेवारी दिएको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले सबै उपाध्यक्षलाई विभाग संयोजन जिम्मेवारी दिएको हो।

सचिवालय बैठकपछि बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले योजना तथा नीति विभागमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई संयोजन जिम्मेवारी दिइएको जानकारी दिए ।

त्यसैगरी पूर्वाधार विगभामा सुरेन्द्र पाण्डे, कृषि तथा उद्यम विभागमा रामबहादुर थापा 'बादल', सामाजिक विकास विभाग अष्टलक्ष्मी शाक्य, मानव स्रोत विभागमा युवराज ज्ञवाली, सुशासन विभागमा सुवास नेम्वाङ र संगठन तथा प्रशिक्षण विभागमा विष्णु पौडेल संयोजकको जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077