Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तराईका जिल्लामा अबका ५ दिन लुको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मध्य तराईका जिल्लाहरुमा लु अथवा तातो हावा चल्ने जनाएको छ ।

तराईका जिल्लाहरुमा तापक्रम अत्यधिक बढेकाले लुको खतरा बढेको भन्दै महाशाखाले सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

विभागकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मध्य तराईका जिल्लामा ५ दिनसम्म  लु चल्ने खतरा छ ।

उच्च गर्मी हुँदा लु लाग्ने सम्भावना बढी हुने हुँदा यस्तो सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्न मानन्धरले सुझाव दिएकी छन् ।

पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेकाले मनसुन नभित्रिएसम्म अर्थात असारको पहिलो सातासम्‍म तापक्रम केही दिन बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077