Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कोसी प्रदेश : ऐन विपरीत लिएका गाडी फिर्ता गराउन कांग्रेसको माग

विराटनगर । कोसी प्रदेश नेपाली कांग्रेसले केहि सांसदहरूले ऐनमा नभएको सुविधाहरू भोग गरिरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

कोसी प्रदेशसभाको शुक्रबार बसेको प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले ऐन विपरीतका सुविधाहरू रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनप्रतिनिधि नै सच्चिएर अघि बढ्नुपर्ने भन्दै गलत तरिकाले लिएको सुविधाको  सरकारी गाडी फिर्ता गर्नुपर्ने राईले माग गरे ।

नेता राई प्रदेशसभाको पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ विपरीत केही दलका सांसदले गाडी सुविधा लिएको भन्दै त्यसलाई रोक्न सदनध्यानाकर्षण गराए ।

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता र एमालेका उपनेताले कानुन विपरीत सरकारी गाडी प्रयोग गरिरहेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077