Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनकोशीमा बेपत्ता सीटीईभीटीका उच्च अधिकारी खोज्न सशस्त्रको टोली परिचालन

काठमाडौं । सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्रको टोली पनि परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बलका सहयाक प्रवक्ता शैलेन्द्र थापाका अनुसार आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) सहितको टोली परिचालन गरिएको हो ।

काठमाडौंबाट खोटाङ जाँदै गरेको सीटीईभीटीको एउटा गाडी (जीप) शुक्रबार दिउँसो करिब साढे १२ बजे सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो ।

गाडीमा चालकबाहेक सीटीईभीटीका निर्देशक कृष्णबहादुर केसी, सीटीईभीटीकै योजना महाशाखाका प्रमुख यमप्रसाद भुर्तेल र सीटीईभीटीकै विद्युत् प्रशिक्षक भानु पौडेल सवार थिए ।

दुर्घटनामा  चालक भने झ्यालबाट हाम फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077