Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनकोशी नदिमा गाडी खस्यो, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

काठमाडौं । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खस्दा गाडीमा सवार ३ जना बेपत्ता भएका छन्।

सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालका अनुसार काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेको गाडी  घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट नदिमा खसेको हो ।

गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए।

दुर्घटनामा गाडीका चालक भने झ्यालबाट हाम फालेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।

उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेको सीटीईभीटीले जनाएको छ । अहिले उनीहरुको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077