Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा बजेट नआउन्जेल अनावश्यक भेटघाट नगर्न निर्देशन

काठमाडौं । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले बजेट नल्याउन्जेलसम्म अनावश्यक भेटघाट नगर्न निर्देशन दिएका छन्।

बिहीबार बसेको नीति तथा योजना आयोगको बैठकमा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्य नहुन्जेसम्म भेटघाट नगर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार मन्त्री, लोकसेवा आयोग, नीति तथा योजना आयोग, मन्त्रालयका सबै सचिव र मन्त्रालय मातहतका कर्मचारीहरूलाई योजना सम्बन्धी अनावश्यक भेट नगर्न आग्रह गरे ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार यस अगाडिका सरकारले बजेटको मुखमा अनावश्यक भेटघाट गर्दा बजेट चलखेल हुने आरोप लागेकाले यसपटक त्यस्तो हुन नदिन मुख्यमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेश सरकारले गत जेठ १३ गतेदेखि आगामी वर्षको बजेटका लागि प्रदेशसभामा छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077