Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोदीसँगको भेटमा ईपीजीको विषय उठ्दै उठेन‚ माहोल बिगार्नतिर लागिएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनको विषय उठाएर माहोल बिगार्नतर्फ आफू नलागेको बताएका छन् ।

भ्रमणकै क्रममा शुक्रबार बिहान पत्रकारहरूसँग भएको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले ईपीजीको विषय उठाएको भए महोल बन्नेभन्दा थप बिग्रनसक्ने स्थिति आफूले देखेकाले त्यसलाई उठाएर माहोल बिगार्नतर्फ नलागेको बताए ।

राम्रा काम अघि बढाउँदै गएपछि ईपीजीको विषय पनि सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077