Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय एयरलाइन्सलाई प्रचण्डको आग्रह - भैरहवा र पोखरा उडान गर्नुस्, कर छुट दिन्छु

काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय एयरलाइन्स कम्पनीलाई भैरहवा र पोखरामा उडान गर्न आग्रह गरेका छन् ।

नयाँ दिल्लीमा नेपाल र भारतका व्यापारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा र पोखरामा पूर्वाधार तयार भइसकेकाले भारतका विभिन्न सहरबाट उडान भर्न आह्वान गरे ।

उनले नेपाल लगानीका लागि उर्वरभूमी रहेको भन्दै विभिन्न क्षेत्रमा लगानी गर्न भारतीय व्यापारी समूहलाई अपील गरे ।

उनले त्यसका लागि नेपाल सरकारले लगानीको सुरक्षा र करलगायतका कुरामा छुट दिने पनि घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077