Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेसबुकबाट बनाए केटी साथी, धर्मेन्द्रले ईसेवा र खल्ती वालेटबाट गरे ठगी

काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको बोदेबरसाईन नगरपालिका १४ घर भई हाल काठमाडौँमा बस्दै आएका २३ वर्षीय धर्मेन्द्र कुमार साह ठगी आरोपमा पक्राउ परेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा केटी साथी बनाइ साथीको अनुमति बिना मोबाइल चलाएर मोबाइल बैकिङबाट ईसेवा तथा खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077