Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

चारदिने भारत भ्रमण रहेको प्रचण्ड र मुर्मूबीच राष्ट्रपति भवनमा शिष्टाचार भेट भएको हो ।

राष्ट्रपति मुर्मुसँगको भेटवार्ताअघि प्रधानमन्त्री प्रचण्डले भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गरेका थिए ।

दुवै भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले यसपछि उनी बसेको होटल मौर्यमा नेपाल–भारतका उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077