Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुईवटा पेट्रोलियम पाइपलाइन र डिपो निर्माणका लागि १७ अर्ब लगानी गर्दै भारत

काठमाडौं । भारतले नेपालमा पेट्रोलियम पाइपलाइनको विस्तार र पेट्रोलियम भन्डारण डिपो निर्माण गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चारदिने भारत भ्रमणमा बिहीबार यी परियोजना निर्माणका लागि सम्झौता भएको हो ।

यी परियोजना निर्माणको लागि भारतले १७ अर्ब बढी लगानी गर्ने छ ।

परियोजनाअन्तर्गत भारतको सिलगुडिदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने छ भने झापाको चारआलीमा पेट्रोलियम भन्डारणका लागि डिपा निर्माण गरिने छ ।

यस्तै, भारतको मोतिहारीदेखि नेपालको अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म विस्तार गर्ने सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत सरकारले अनुदानमा दुई पेट्रोलियम पाइपलाईन र एक टर्मिनल निर्माण गर्ने सम्झौता भएको बताएका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने दुई देशबीचको संयुक्त प्रयासमा पहिलोपटक मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077