Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कीर्तिमानी आरोही बुढा मगर कांग्रेसद्वारा सम्मानित

काठमाडौं । दुवै खुट्टा गुमाएका विश्वको सर्वोच्च शिखर सगरमाथा आरोही हरि बुढामगरलाई नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मान गरेका छन्।

बिहीवार निजी निवास धुम्बाराहीमा पार्टीको तर्फबाट उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्।

पूर्वप्रधानमन्त्री देउवाले दुवै खुट्टा गुमाएका बुढामगरले सगरमाथाको आरोहण गर्नु देशको लागि गर्वको विषय भएको बताए।

ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाएका मगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077