Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत खरिद गर्ने बताएका छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्युत खरिद गर्ने घोषणा गरेका हुन्।

दुई प्रधानमन्त्रीको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने बताए ।

मोदीले भने, ‘१० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

मोदीले नेपालबाट भारतमा बिजुली आयातको वातावरण बनाउन आफू पहिलादेखि नै सकारात्मक रहेको उल्लेख गर्दै अब ऊर्जा क्षेत्रमा कनेक्टिभिटी बढाउन लाग्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077