Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज भारतीय समकक्षी मोदीलाई भेट्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बिहान ११ः०५ बजे भेटवार्ता हुन लागेको हो । त्यसअघि प्रचण्डले आज राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ ।

आज केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज अपराह्न ४ बजे प्रचण्डले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।

साँझ साढे ५ बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077