Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार र विदेशसचिवले गरे भेटवार्ता

काठमाडौं । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई त्यहाँका सुरक्षा सल्लाहकार अजित डोभल भेटका लागि पुगेका छन् ।

प्रधानमन्त्री दाहाल बसेको होटल मौर्यमा डोभाल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रा भेटका लागि पुगेका हुन् ।

डोभालको साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए भने प्रचण्डसँग उनकी छोरी गंगा दाहाल थिइन् ।

सुरक्षा सल्लाहकार डोभाललाई प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र र दाहिने हातको रूपमा चर्चा गर्ने गरिन्छ । नेपाल मामिलामा समेत उनले चासो राख्ने गरेका छन् । मोदीसँगको भेटअघि नै प्रचण्डसँग डोभालले कुराकानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077