Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय नयाँ नक्साकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस

हेटौँडा । भारतको नवनिर्मित संसद भवनमा राखिएको नक्साको विरोध जनाउँदै बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेस भएको छ।

आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले संकल्प प्रस्ताव पेस गरेका हुन् ।

संकल्प प्रस्तावमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, माओवादीका रत्नप्रसाद ढकाल, राप्रपाकी कुमारी तामाङ, एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल र हाम्रो नेपाली पार्टीका सुरेन्द्रमान बज्राचार्यले समर्थन गरेका थिए।

छिमेकी मुलुकको संसद भवनमा राखिएको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी समेतलाई अंकित गरिएको विरोधमा एमालेले पेश गरेको संकल्प प्रस्ताव बहुमतले पारित गर्दै बैठक स्थगित भएको हो।

आजै बस्ने प्रदेश सभाको दोस्रो बैठकमा जेठ १४ गते प्रदेश सभामा सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077