Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम भने २ अर्ब बढी

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यपछिको दोस्रो कारोबार दिन बुधबार पनि शेयर बजारमा उच्च गिरावट आएको छ।

मंगलबार ५३ अंकले घटेको नेप्से सूचकले बुधबार पनि निरन्तरता पायो। शेयर बजार परिसूचक नेप्से आज बुधवार ३८.८३ अंकले घटेर १८४९ विन्दुमा झरेको छ ।

बजार घटेकाे दिन दुई सय ६२ वटा कम्पनीका ८७ लाख ३६ हजार कित्ता शेयर दुई अर्ब ३१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक शेयर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077