Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोशी प्रदेशको नाम पुनर्विचार गर्न कांग्रेस जिल्ला सभापतिहरुको माग

बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् ।

कोशी प्रदेशका पक्षमा मतदान गरेको कोशीको मुख्य विपक्षी दल कांग्रेसका प्रदेशका १४ वटै जिल्लाका सभापतिहरूले बुधबार संयुक्त विज्ञप्ति निकालेर नाममा पुर्नविचार गर्न माग गरेका हुन्।

फागुन १७ मा कोशी प्रदेश सभाले प्रदेशको नामकरण गरेको थियो। सभापतिहरूले भनेका छन्, ‘प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ । यो विरोधको सुनुवाई नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।’

त्यसपछि प्रदेशमा पहिचानको पक्षमा आन्दोलन उठेको थियो। प्रदेशका १४ओटै जिल्ला सभापतिहरूले विज्ञप्तिमार्फत पहिचानवादी आन्दोलनप्रति दमनमा नउत्रन माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077