Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत जानुअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति, गराए चारदिने भ्रमणबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले आजबाट हुने आफ्नो चार दिने भारत भ्रमणबारे जानकारी गराएका हुन् ।

सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार चारदिने भारत यात्रामा निस्कँदै छन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेअनुसार भारत भ्रमण टोलीमा पाँच मन्त्री भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल तथा प्रधानमन्त्रीकी स्वकीय सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहाललगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077