Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत जानु अघि प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उच्च अधिकारीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा जानु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ उच्च अधिकारीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको हो ।

भेटमा नेपाल चीनबीचको पारस्परिक सम्मान, समानता र आपसी हितका आधारमा द्विपक्षीय सहयोग, मुलुकको आर्थिक विकास र समुन्नतिका लागि आर्थिक सहयोग र बीआरआईको विषयमा पनि छलफल भएको बतायएको छ ।

उनीहरु मंगलबार राती सिंगापुर एयरलाइन्सबाट काठमाडौं आइपुगेका हुन् । भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077